टुटलको ३ करोड कर निर्धारण हुँदा बंगालदेशी कम्पनी पठाओले ३० लाख तिनुपर्ने



काठमाडौं । काठमाडौंको सहज सवारीका लागि विगत केही समयदेखि सञ्चालनमा रहेको ‘पठाओ’ ले ३० लाख रुपैयाँ कर तिर्नुपर्ने भएको छ ।

बंगालदेशी कम्पनी ‘पठाओ’ एकवर्षदेखि संचालनमा रहेको छ ।

दुई पांग्रे सवारी सेवा सञ्चालन गर्दै आएको पठाओले यात्रुसँग मूल्य अभिवृद्धि कर असुल गरेपनि सरकारलाई भने कर तिरेको थिएन । आन्तरिक राजश्व कार्यालयले पठाओलाई तत्काल ३० लाख रुपैयाँ कर तिनुैपर्ने गरी निर्धारण गरेको हो ।

राइड सेयर सेवाको रुपमा सञ्चालनमा रहेको पठाओ र टुटल सेवा करको दायरामा नआएको भन्दै लामो समयदेखि विवादमा रहँदै आएको थियो ।

सेवा सञ्चालन गरिरहेकाहरु कर तिर्नुनपर्ने जिकिरमा थिए भने सरकार जसरी भएपनि कर उठाउने पक्षमा थियो । लामो समयको विवाद पछि आन्तरिक राजश्व कार्यालयले पठाओलाई करको दायरामा ल्याउन लागेको हो ।

आन्तरिक राजश्व कार्यालयले पठाओ सेवालाई करको दायरामा ल्याउने प्रक्रिया लामै समयदेखि चलेको थियो । त्यसमा ठोस निर्णय भएको छ , उक्त कार्यालयउले उल्लेख गरेको छ ।

प्रारम्भिक रुपमा गरिएको अध्ययनका आधारमा उक्त कराको परिणाम निर्धारण गरिएको हो, आन्तरिक राजश्व कार्यालय स्रोतले भन्यो ।

यसअघि कर कार्यालयले टुटललाई ३ करोड रुपैयाँभन्दा बढी कर तिर्नुपर्ने उल्लेख गरेको छ । भ्याट उठाएर सरकारलाई दाखिला नगरेको कर कार्यालयको भनाई छ ।
यद्यपी टुटल संचालकले कमिसनमा कर नलगाएर कारोबारमा कर लगाउने काम गरेको बताएका छन् ।

टुटल सेवा अब भ्याटमा दर्ता हुनुपर्छ र नियमानुसार कर तिर्नु पर्छ, अन्यथा सेवा सञ्चालन गर्न समेत पाइने छैन, आन्तरिक राजश्व कार्यालय स्रोतको भनाइ छ ।
निश्चित रकम भन्दा बढी वार्षिक कारोवार गर्ने जुनसुकै निकायले पनि भ्याटको दायरामा आउँनु पर्छ । सोही आधारमा पठाओलाई करको दायरामा ल्याइएको हो , अब उम्कने ठाँउ छैन ।

अहिलेको यातायात ऐन अनुसार रातो नम्बर प्लेटले यात्रु बोक्न पाइदैन । दुवै सेवा प्रदायक कम्पनीले मोबाइल एप्स मार्फत मोटरसाइकल चालक र यात्रुबीच मध्यस्तकर्ताको काम गर्दै आएका छन् ।

टुटल र पठाओले यात्रु बोक्ने विषयमा विवाद भइरहेको छ ।

जसको निश्चित प्रतिशत रकम कम्पनीले लिन्छ भने बाँकी मोटरसाइकल चालकले लिने गरेका छन् । अहिले दुवै कम्पनीमा गरेर १० हजारभन्दा बढी मोटरसाइकल चालकले यस्तो काम गर्दै आएका छन् ।


क्लिकमान्डु