साखुँमा प्रभु बैंकका नयाँ शाखा खुल्यो




काठमाडौ । प्रभु बैंकले काठमाण्डौकोे शंखरापुर नगरपालिकास्थित साँखुमा नयाँ शाखा कार्यालय स्थापना गरी कारोवार शुरु गरेको छ ।

उक्त शाखाको शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले उद्घाटन गरेका हुन । बैंकको साँखु शाखा कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैितक दलका प्रतिनिधीहरु,उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,स्थानीय व्यापारी, बुद्धिजिवी लगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रभु बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैकले कृषि, उद्योग र पर्यटन क्षेत्रमा लगानी बढाउने उद्देश्यका साथ बिभिन्न सहुलियत पुर्ण कर्जाहरु प्रदान गर्दै आइरहेको हुदा कृषि,उद्योग र पर्यटनको प्रचुर संभावना बोकेको साँखु क्षेत्रका स्थानिय बासिन्दाहरुलाई यस बैकबाट प्रदान गरीने बिभिन्न कर्जा सुविधा लगायतका अन्य अत्याधुनिक सेवाहरु उपभोग गरी लाभ लिन आग्रह गरे ।

प्रभु बैंकको साँखु शाखा कार्यालयबाट त्यहाँका स्थानीयतहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त सेवा उपभोग गरी लाभान्वित हुनेमा बैंकले विश्वास लिएको छ ।


क्लिकमान्डु