धमाधम वित्तीय विवरण सार्वजनिक गर्दै वाणिज्य बैंक




काठमाडौ । वाणिज्य बैंकले धमाधम तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन ।

शनिबार सिटिजन बैंकले तेस्रो त्रैमासको विवरण सार्वजनिक गरेको थियो । सो बैंकले चैतमसान्तस्म्म एक अर्ब छ करोड ९६ लाख एक हजार बराबरको खुद नाफा आर्जन गरेको छ ।

यस्तै आज माछापुच्छ्रे« बैंकले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको विवरणअनुसार नाफा बढेर रु एक अर्ब २४ करोड ८ लाख १८ हजार ३२९ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा रु ८५ करोड ४० लाख ५२ हजार १२१ थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ३९।९८ प्रतिशतले वृद्धि भई दुई अर्ब ६० करोड १६ लाख ९६ हजार ८५६ पुगेकोे छ । आठ अर्ब ५ करोड ५६ लाख ९३ हजार चुक्ता पूँजी भएको बैंकले ८१ अर्ब १६ करोड ३१ लाख ६० हजार निक्षेप सङ्कलन गरेको छ । यस्तै बैंकले ७४ अर्ब ९८ करोड ४० लाख ऋण लगानी गरेको पाइएको छ । विवरणअनुसार बैंकको खराब कर्जा भने गत आवको सोही अवधिको तुलनामा वृद्धि भएको छ । हाल खराब कर्जाको मात्रा ०.४८ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा ०.३५ प्रतिशत थियो । बैंकको प्रति शेयर नेटवर्थ भने १३३ रुपैयाँ ९१ पैसा रहेको छ । रासस


क्लिकमान्डु