सिटिजन्स बैंकद्वारा रक्तदान कार्यक्रम संचालन, ५६६ जना सहभागी



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १३ औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न शाखामा रक्तदान कार्यक्रम संचालन गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गणेश राज पोखरेलसहित ५६६ जना रक्तदाताहरूले रक्तदान गरेको बैंकले जनाएको छ ।

१२ औं वर्षको सुखद अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटीको ‘रक्तदान जिवनदान’ को नारालाई सार्थक बनाउँदै विभिन्न शाखाहरुमा रक्तदान कार्यक्रम सञ्चालन गरेको जनाएको छ । बैंकले केन्द्रीय कार्यालयका साथै भक्तपुर, भैसेपाटी, कुपण्डोल र उपत्यका बाहिरका बिराटनगर, दमक, धरान, जनकपुर, बिरगञ्ज, बनेपा, हेटौडा, नारायणघाट, पोखराको सिमलचौर, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, महेन्द्रनगर र बिर्तामोडसहित १९ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

केन्द्रीय कार्यालय नारायणहिटी पथमा ४६, भक्तपुर शाखामा ४३, भैसेपाटी शाखामा ४१, कुपण्डोल शाखामा ७ र उपत्यका बाहिरका बिराटनगर शाखामा २१, दमक शाखामा २७, धरान शाखामा २८, जनकपुर शाखामा २५, बिरगंज शाखामा ३९, बनेपा शाखामा १७, हेटौडा शाखामा ३५, नारायणघाट शाखामा ४१, पोखराको सिमलचौर शाखामा ३०, बुटवल शाखामा २६, घोराही शाखामा १८, नेपालगंज शाखामा ४५, सुर्खेत शाखामा १७, महेन्द्रनगर शाखामा १९ र विर्तामोड शाखामा ४१ सहित ५६६ जना रक्तदाताहरुले रक्तदान गरेको बैंकले जनाएको छ ।

बैंकले आर्थिक वर्ष २०७५÷७६ को तेस्रो त्रैमास सम्ममा आईपुग्दा ६८ अर्ब ६८ करोड निक्षेप संकलन गरी ६३ अर्ब ५९ करोड कर्जा प्रवाह गरेको छ । यास अवधिमा १ अर्ब ४९ करोड १४ लाख सञ्चालन मुनाफा आर्जन गरी १ अर्ब ६ करोड खुद नाफा आर्जन गरेकोे छ । जुन गत वर्ष सोहि अवधिको तुलनामा क्रमशः ४.Þ०२ र ५.९१ प्रतिशतले वृद्धि भएको छ । बैंकले ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखारहित बैंकिङ्ग एकाइहरुबाट सेवा प्रदान गर्दै आएको जनाएको छ ।

 


क्लिकमान्डु