नेपाल एग्रो लघुवित्तको आइपिओ खुल्यो, १० देखि ८०० कित्तासम्म आवेदन गर्न पाइने
काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयरको बिक्री आइतबारदेखि सुरु भएको छ ।
संस्थाले १ करोड ६१ लाख ७७ हजार ८०० रुपैयाँ बराबरको १ लाख ६१ हजार ७७८ कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो ।
कूल जारी पुँजीको ३२.५ प्रतिशत साधारण सेयर बिक्री गर्न लागिएको हो । साधारण सेयर निष्कासन बन्द छिटोमा बैंशाख ११ गते र ढिलोमा जेठ ६ गते हुने जनाइएको छ ।
सेयर निष्कासन तथा बिक्री प्रवन्धकका नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
सो संस्थाको साधारण सेयरमा न्युनतम १० देखि अधिकतम ८०० कित्तासम्म आवेदन दिन पाइने छ ।