सभामुख र ऊर्जा मन्त्रीले गरे समान १५ सय कित्ता सेयर आवेदन



काठमाडौं । सभामुख कृष्णबहादुर महराले महराले रसुवागढी जलविद्युत् कम्पनीको १ लाख बराबरको १ हजार कित्ता र साञ्जेन जलविद्युत् कम्पनीको ५० हजार बराबरको ५०० कित्ता साधारण सेयर खरीद गरी सेयर बजारमा प्रवेश गरेका छन् ।

यस्तै सभामुख महराका धर्मपत्नी सीता महराले पनि रसुवागढीमा १ लाख बराबरको १ हजार कित्ता र साञ्जेनको ५० हजार बराबरको ५०० कित्ता बराबरको सेयरमा आवेदन दिएकी छिन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले पनि रसुवागढीमा १ लाख बराबरको १ हजार कित्ता र साञ्जेनमा ५० हजार बराबरको ५०० सय कित्ता साधारण सेयरमा आवेदन दिएका छन् ।

पुर्व सभामुख ओनसरी घर्तीले पनि रसुवागढीमा १ एक लाख बराबरको १ हजार कित्ता र साञ्जेनमा ५० हजारको ५०० कित्ता साधरण सेयरमा आवेदन दिएकी छिन् ।

सरकारले सुरु गरेको जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत शुक्रबारदेखि चरणमा रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनी १ अर्ब ५४ करोड रुपैयाँ बराबरको साधारण सेयर बिक्री सुरु गरेको छ ।

सरकारले गत फागुन २ गते जनताको जलविद्युत् कार्यक्रम घोषणा गरेको थियो । सो कार्यक्रम अन्तर्गत विभिन्न १९ आयोजनाबाट ३ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।


क्लिकमान्डु