ओली सरकारले १० करोड बाँड्यो, कसले कति पाए ? (सूचिसहित)



काठमाडौं । केपी ओली नेतृत्वको सरकारले ९ महिनामा ९ करोड ६१ लाख रुपैयाँ लाख रुपैयाँ आर्थिक सहायता बाँडेको छ ।

अर्थमन्त्रालयले रकमान्तर गरेको विवरण हेर्दा चैत मसान्तसम्ममा ९ करोड ६१ लाख रुपैयाँ लाख रुपैयाँ रकमान्तर गरिएको देखिन्छ ।

यसमा राजनीतिक नेताको उपचार खर्चदेखि कर्मचारीको उपचार खर्च समेत रहेको छ । कतिपय रकम गृहमन्त्रालयको नाममा निकासा गरिएको छ । त्यहीबाट बाँडिएको छ ।

सरकारले पूर्वमन्त्री नरहरि आचार्यको उपचारको लागि ३३ लाख ३३ लाख ६१ हजार रुपैयाँ दिएको छ ।

यस्तैं उपचारको लागि पूर्वउप्रधानमन्त्री भरतमोहन अधिकारीलाई १० लाख रुपैयाँ दिइएको छ । उनको उपचारको क्रममा निधन भइसकेको छ ।

पूर्वमन्त्री तथा कांग्रेस नेता रामकृष्ण ताम्राकारलाई १५ लाख रुपैयाँ दिइएको छ । गण्डकी प्रदेशका प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीको उपचारको लागि ७ लाख १९ हजार रुपैयाँ दिइएको छ ।

पूर्वराष्ट्रपति डा रामवरण यादवलाई २ लाख रुपैयाँ उपचारको लागि दिइएको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई १४ लाख ९८ हजार रुपैयाँ दिइएको छ ।

साहित्यकार मदनमणी दिक्षितको उपचारको लागि ७ लाख रुपैयाँ सरकारले उपलब्ध गराएको छ ।

विभिन्न घटनाहरुमा उपचार तथा आर्थिक सहायताको लागि गृहमन्त्रालय अन्तर्गत रहेर पैसा दिइएको छ ।

पाउने व्यक्ति÷प्रयोजन रकम
कन्चपुर घटना घाइने उपचार 2000000
गृह मन्त्रालय नाममा निकासा 4100000
गृह मन्त्रालय नाममा निकासा 8000000
गृह मन्त्रालय, स्वं प्रहरी जवान अजुर्न कुमारको परिवारले 1000000
गृह मन्त्रालयको नाममा निकासा 4280000
पर्यटन मन्त्रालय,पुष्पलाल स्मृति प्रतिष्ठान 500000
स्वास्थ्य मन्त्रालय,पानालाल यादव उपचार खर्च 620173
गृह मन्त्रालय ४४ जनाको उपचार खर्च 1000000
भरतमोहन अधिकारी 1000000
सुनिता रेग्मी 400000
देवीप्रसाद रेग्मी 700000
सामान्य प्रशासन मन्त्रालय, दलित सम्मेलन सहभागी 400000
डिल्लीराज रेग्मी 500000
गृह मन्त्रालय उपचार खर्च 2700000
गृह मन्त्रालय,रामलिास महतो,सर्लाही घटनामा मृत्यु भएको 1000000
पूर्व राष्ट्रपति डा रामवरण यादव 200000
गृह मन्त्रालय उपचार खर्च 2500000
गृह मन्त्रालय,उपचार खर्च 2200000
सामान्य प्रशासन मन्त्रालय उपचार 1000000
निर्वाचनमा खटिएका म्यादी प्रहरी पुतलीकुमारी बोहरा उपचार 95177
बिष्ण जोशी,उपचार खर्च 1000000
गितादेवी शाह 200000
गृह मन्त्रालय 1500000
गृहमन्त्रालय 7200000
गृहमन्त्रालय 8000000
गृहमन्त्रालय 4464900
नेत्रनाथ अधिकारी,गण्डकी प्रदेश सभामुख 719749
गृहमन्त्रालय 2100000
गृहमन्त्रालय 4100000
गृहमन्त्रालय 2800000
बिणा पौडेल 500000
नासु गणेशमानसिंह पत्नीलाई उपचार खर्च गराउदा लागेको खर्च 500000
पुरुषेत्तम खरेल इन्जिनियर उपचार खर्च 500000
नासु संजिवकुमार सिंह 500000
नरहरि आचार्य,पूवृमन्त्री,उपचार खर्च 3361545
भीमबहादुर श्रेष्ठ उपचार खर्च 1000000
गृह मन्त्रालय,उपचार खर्च 1200000
गृहमन्त्रालय 2900000
निर्वाचनको क्रममा घाइते भएकाहरु 2760255
काठमाडौं विश्वविद्यालय 3000000
श्रीचन्द्र शर्मा 1000000
गृह मन्त्रालय,विभिन्न घटनामा मृत्यु 2800000
गंगामाया अधिकारी 2,000,000
गृह मन्त्रालय 2,853,000
गृह मन्त्रालय 1,000,000
राष्ट्रकवि माधवप्रसा घिमिरे 1,498,669
पूर्वमन्त्री रामकृष्ण ताम्राकार 1,500,000
पिताम्बर आंबाहांङ 1,000,000


क्लिकमान्डु