बाहिरी चक्रपथको विस्तृत आयोजना प्रतिवेदन बनाउँदै सकियो १० करोड ८२ लाख



काठमाडाैं । उपत्यकाका तीनवटै जिल्लालाई छुनेगरी बाहिरी चक्रपथ निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन तयार पार्दा नै १० करोड ८२ लाख रुपैयाँ सकिएको छ ।

उक्त रकम सकिएपनि ७२ किलोमिटर बाहिरी चक्रपथ मध्ये ५४.५ किलोमिटरको प्रतिवेदन तयार भएको र १७.५ किलोमिटरको प्रतिवेदन तयार हुने क्रममा रहेको महालेक्षापरीक्षक कार्यालयको ५६ औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

१० करोड ८२ लाख खर्च हुँदा पनि पुरै सडक खण्डको विस्तृत आयोजना प्रतिवेदन, जग्गा एकीकरण र वातावरणीय प्रभाव मूल्याङकन तयार हुन नसकेको देखिएको छ । बाहिरी चक्रपथको वातावरणीय सामाजिक

प्रभाव मूल्याङ्कन गर्ने कार्यको सिलसिलामा चक्रपथले छुने स्थानीय जग्गाधनी, मोही, राजनैतिक दलका प्रतिनिधिसँग अन्तरक्रिया गरी क्षेत्र निर्धारण तथा कार्यसूची सम्बन्धी प्रतिवेदन तयार गरी वन तथा वातावरण मन्त्रालयमा पठाएको देखिएको छ ।


क्लिकमान्डु