राजस्वको लक्ष्यलाई एनसेलले दिने भयो बोनस



काठमाडौं । लक्ष्य अनुसार राजस्व संकलन नभएको बेला एनसेलको खरिदबिक्रीमा लाग्ने लाभकरले सरकारलाई सहज बनाउने भएको छ ।

सर्बोच्च अदालतको आदेश अनुसार ठूला करदाता कार्यालयले ३९ अर्ब ६ करोड रुपैयाँ सातदिनभित्र दाखिला गर्न पत्र पठाएको छ ।

ठूला करदाता कार्यालयले मंगलबार एनसेललाई पत्र पठाएको हो । ठूला करदाता कार्यालयले एनसेलको स्वामित्व परिवर्तन हुँदा पुँजीगत लाभकर ६२ अर्ब ६३ करोड रुपैयाँ हुने निर्धारण गरेको छ । जसमा एनसेलले विगतमा तिरेको २१ अर्ब ५४ करोड रुपैयाँ तिरेको थियो । त्यो कटाउदा एनसेलले ३९ अर्ब ६ करोड रुपैयाँ तिनुपर्ने हुन्छ ।

चैत महिनामा लक्ष्यको ७३ अर्ब रुपैयाँ राजस्व उठेको छैन । चैत महिनासम्मको तथ्यांक हेर्दा लक्ष्यको १ खर्ब २३ अर्ब रुपैयाँ राजस्व उठेको छैन ।

सर्बोच्च अदालतको पूर्ण इजलाशले एनसेल स्वामित्व परिवर्तनमा कर लाग्ने फैसला गरेको थियो । जसले गर्दा एनसेलले जसरी पनि कर तिनुपर्छ । राजस्वको लक्ष्य पुर्याउन असजिलो भएको सरकारलाई सर्बोच्चको फैसलाले ठूलो राहत दिएको छ ।


क्लिकमान्डु