हाइड्रोले डुबायोः १० कम्पनीको सेयर मूल्य १०० रुपैयाँ कम, कुनको कति ? (सूचिसहित)



काठमाडौं । पछल्लो समयमा सेयर बजारमा नयाँ नयाँ जलविद्युत कम्पनी आउने क्रम बढेको छ । बजारमा नयाँ कम्पनी आएपनि धेरै लगानीकर्ताले अहिले जलविद्युत कम्पनीको सेयरमा नोक्सानी भोगिरहेका छन् ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचिकृत २७ वटा जलविद्युत कम्पनीमध्ये १० वटाको सेयर मूल्य १०० रुपैयाँ भन्दा कम रहेको छ । साधारण सेयरमा लगानीकर्ताहरुले प्रतिकित्ता १०० रुपैयाँमा सेयर खरिद गरेका हुन्छन् । १०० रुपैयाँमा किनेको सेयरले पनि लगानीकर्ताहरुलाई डुबाएको छ ।

साधारण सेयर किनेर सबै भन्दा बढी नोक्सानी व्यहोर्नेमा नेशनल हाईड्रोपावर कम्पनीका लगानीकर्ताहरु रहेका छन् । उनीहरुले १०० रुपैयाँमा किनेको सेयर अहिले दोस्रो बजारमा ७२ रुपैयाँमा पाइन्छ । यतिबेला नेशनलसहित १० कम्पनीको सेयर आईपीओम भन्दा सस्तो मुल्यमा पाइन थालेको छ ।

यस्तै ५०१ रुपैयाँमा सेयर बिक्री गरेको बुटवल पावर कम्पनीको सेयर अहिले दोस्रो बजारमा ३५९ रुपैयाँमा पाइन्छ । यो कम्पनीको ५०१ रुपैयाँमा सेयर किनेको लगानीकर्ताहरुलाई यतिबेला प्रति कित्ता १४२ रुपैयाँ नोक्सान भएको छ ।

मंगलबार सेयर बजार २३.३३ अंकले बढ्दा जलविद्युत समूहको ५.८९ अंकले बढेको छ । त्यति हुँदा पनि जलविद्युत समूहको सेयरमा भने नोक्सानी नै रहेको छ ।

अहिले जलविद्युत कम्पनीको प्रतिकित्ता एक सय रुपैयाँमा साधारण सेयर किन्न हतारिन लगानीकर्ताहरुले दोस्रो बजारमा नै त्यो भन्दा न्यून मूल्यमा सेयर पाउन थालेका छन् ।


पुष्प दुलाल