खर्च नभएपछि सरकारले उठाएन आन्तरिक ऋण,जेठबाट उठाउने



काठमाडौं । सरकारले जेठको पहिलो साताबाट आन्तरिक ऋण उठाउने भएको छ ।
चालु आर्थिक वर्षको बजेट अहिलेसम्म खासै खर्च नभएको कारण आन्तरिक ऋण उठाइएको छैन । सरकारले यो वर्षको बजेट स्रोतमा आन्तरिक ऋणबाट १ खर्ब ७२ अर्ब उठाउने भनेको थियो ।

अघिल्लो आर्थिक वर्षमा पहिलो त्रैमासमा नै सरकारले ऋण उठाएको थियो । यद्यपी सो वर्ष प्रतिनिधिसभा निर्वाचनको कारण राजस्व लक्ष्य अनुसार उठेको थिएन भने स्थानीय र संघलाई रकम हस्तान्तरण गर्नुपर्ने थियो । जसको कारण सरकारले ऋण उठाएको थिएन ।

सरकारले खर्च गर्न नपरेपछि बजेटमा उल्लेख भए अनुसारको ऋण उठाउनु नपरेको हो । यसलाई प्रधानमन्त्री केपी ओलीले आफ्नो सफलताको रुपमा प्रतिनिधिसभामा पेश गरेका थिए ।

सरकारले अहिलेसम्म आन्तरिक ऋण कसरी उठाउने भनेर कार्यतालिका समेत बनाएको छैन । आन्तरिक ऋण नउठ्दा बजेट कार्यान्वयनमा समस्या आउने छ भने पुँजीगत खर्च समेत कम हुने छ ।

बैकिङ प्रणालीमा अर्थतन्त्रको क्षमता अभिबृद्धि प्रयोग नहुँने तथा वित्तीय संस्थालाई तरलता व्यवस्थापनमा समेत असर गर्ने छ ।
अर्थमन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्री सरकारले आफ्नो खर्च अनुसार आन्तरिक ऋण लिने बताउँछन् ।

‘अहिलेसम्म बजेट खर्च भएको थिएन,जसले गर्दा हामीले आन्तरिक ऋण उठाउनु परेको थिएन,’उनले भने ।

बैशाखसँगै खर्च बढ्ने हुँदा बैशाख अन्तिम या जेठको पहिलो साता ऋण उठाउने खत्रीले बताए ।


क्लिकमान्डु