आगामी बजेटमा बृद्धभत्ता बढाउने सरकारको घोषणा




काठमाडौं । प्रधानमन्त्री के.पी शर्मा ओलीले सरकारले आगामी आर्थिक बर्षको बजेटमा बृद्धभत्ता बढाउने तयारी गरेको बताएका छन ।

राजधानीमा जेष्ठ नागरिक स्वास्थ्य विमा तथा खोलौ बैंक खाता अभियानमा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन । उनले बृद्धबृद्धाहरुको सुरक्षालाई ध्यान दिदै आगामी बजेटमा बृद्धभत्ता बढाउने तयारीमा सरकार जुटेको बताए । यसले बृद्धबृद्धालाई दैनिक जिवनयापनमा सहजता ल्याउने उनको भनाइ छ ।

गत निवार्चनमा तत्कालिन नेकपा एमालेले संयुक्त बाम गठबन्धनको घोषणपत्रमा बृद्धभत्ता पाँच हजार पुर्याउने उल्लेख गरेको थियो ।


क्लिकमान्डु