सबै नेपालीकाे बैंक खाता अभियान आजदेखि सुरु, परिचय खुल्ने कागजात लिएर जानुस्, खाता खोल्नुस



काठमाडौ ं . आम नेपालीलाई वित्तीय रुपमा सबल बनाउने लक्ष्यका साथ सरकारले आइतबारदेखि ‘सबै नेपालीको बैंक खाता अभियान’ सुरु गर्न लागेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज उक्त अभियानको शभारम्भ गर्ने भएका छन् । नयाँ बर्षको अवसर पारेर सबै नेपालीको बैंक खाता अभियानको सुरु गर्न लागिएको हो । राष्ट्रियसभा सबै नेपालीको खाता अभियानका लागि विशेष कार्यक्रम समेत राखिएको छ ।

चालु बर्षको बजेटमा समावेश भएको कार्यक्रमलाई सफल बनाउन उक्त अभियान सुरु गरिएको हो ।

सो अभियान सञ्चालनका लागि अर्थमन्त्रालय, राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुले सहकार्य गरेका छन्।

आज प्रकाशित सबै जसो दैनिक पत्रिकामा सो सम्बन्धी ज्याकेट विज्ञापन छापिएको छ ।

अभियानमा खाता नहुनेहरुलाई समेट्न राष्ट्र बैंकले सहुलियत दिने बताएको छ । नयाँ खाता खोल्नेले सुरुमै खातामा १०० रुपैयाँ पाउने भएका छन् ।

परिचय खुल्ने सरकारी कागजात हुने ब्यक्तिले सजिलै बैंक खाता खोल्न सक्ने व्यवस्था गरिएको छ । उक्त खातामा बार्षिक एक लाख रुपैयाँसम्मको कारोबार गर्न पाउने सुविधा दिइएको छ।


क्लिकमान्डु