रेडियो नेपालदेखि एबिसी टेलिभिजन सहित १३५ कम्पनीले तिरेनन् कर, कार्यालयले निकाल्यो १५ दिने सूचना



काठमाडौं । सरकारी स्वामित्वको रेडियो नेपालदेखि निजी क्षेत्रको एबिसी टेलिभिजन सहित १३५ कम्पनीले मूल्य अभिबृद्धि कर र आयकर समयमा नतिरिएको पाइएको छ ।

आन्तरिक राजस्व विभाग अन्तर्गतको पुतलीसडक कार्यालयले कर बारम्बार सम्पर्क गर्दा समेत सम्पर्कमा नआएको हुलाकबाट चिठी पठाउँदा कार्यालयमा चिठी नपुगेको भन्दै १५ दिने सूचना प्रकाशित गरेको छ ।

विभागले निकालेको सूचनामा कतिपय कम्पनी बन्द समेत भएका छन् । खारेजीमा गएको नेपाल विकास बैंकले आयकर नतिरेको भन्दै कर कार्यालय सूचना जारी गरेको छ ।

सरकारी संचारमाध्यम रेडियो नेपालले मूल्य अभिबृद्धि कर तिरेको छैन । रेडियो प्रचार सेवा विकास समितिको नाममा भ्याट नतिरेको भन्दै कार्यालयले सूचना जारी गरेको छ । यस्तै एबिसी टेभिभिजन प्रशारण गर्ने एबिसी मिडिया ग्रुपले समेत भ्याट तिरेको छैन ।

एबिसी मिडिया ग्रुपका अध्यक्ष शुभशंकर कंडेल ठूला संचारमाध्यम प्रकाशन र प्रशारण गर्नेहरुको संस्था मिडिया सोसाइटीका अध्यक्ष हुन् ।

यस्तै निर्माण व्यवसायी कम्पनीहरुले समेत भ्याट नतिरेको देखिएको छ ।


क्लिकमान्डु