श्रद्धाञ्जलीमा समेत महासंघमा राजनीति, साधारणसभामा दिवाकर गोल्छालाई सम्झिएन



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा देखिएको राजनीति मृत्युपछि व्यक्त गरिने श्रद्धाञ्जली र समवेदनामा समेत देखिउको छ ।

महासंघका पूर्व प्रथम उपाध्यक्ष बरिष्ठ उद्योगी दिवाकर गोल्छाको निधन भएको दुईदिन भयो । अन्तिम संस्कारको काम बाँकी नै छ ।

नेपालको उद्योगको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका गोल्छाको निधनमा उद्योग वाणिज्य महासंघले आफ्नो साधारणसभामा श्रद्दान्जली समेत दिइएन ।

महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा दिवाकरका भाई हुन् । दिवाकर गोल्छाको निधन भएको कारण बरिष्ठ उपाध्यक्ष शेखर महासंघको ५३ औं साधारणसभामा उपस्थित भएनन् ।

महासंघको साधारणसभामा उद्घाटन मन्तव्य दिएकी महासंघ अध्यक्ष राणाको सम्बोधनमा एक शब्द पनि दिवाकरको निधनमा श्रद्धान्जली र परिवारलाई समवेदना दिने थिएन ।

बरिष्ठ उपाध्यक्ष अनुपस्थित भएपछि बोलेका महासंघका वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ र जिल्ला नगरका उपाध्यक्ष किशोर प्रधानले समेत श्रद्धान्जली शब्द व्यक्त गरेनन् ।

महासंघलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका दिवाकर गोल्छा चण्डीराज ढकालको कारण महासंघमा अध्यक्ष बन्न पाएका थिएनन् । २०६४ सालमा महासंघको प्रचलन अनुसार प्रथम उपाध्यक्ष गोल्छा अध्यक्ष बन्नुपर्ने थिए ।

चण्डीराज ढकालले अध्यक्षमा दोहर्याउने निर्णय गरेपछि दिवाकर महासंघको राजनीतिबाट अलग भएका थिए । त्यो बेला निर्वाचनमा कुशकुमार जोशीले चण्डीराज ढकाललाई पराजित गरेका थिए ।

गोल्छा २०६४ सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसबाट समानुपातिक सभासद् भएका थिए ।


क्लिकमान्डु