एक सातामै साढे १ करोड २ लाख कित्ता सेयर थपिए, कसको कति ?
काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्जमा १ करोड २ लाख ३५ हजार कित्ता सेयर थपिएको छ । विभिन्न ६ कम्पनीका हकप्रद र बोनस सेयर थपिएका हुन् ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार यो साता ४ कम्पनीका बोनस र २ कम्पनीका हकप्रद सेयर सूचिकृत भएका हुन् ।
नेप्सेका अनुसार सिद्धार्थ बैंकको ४२ लाख ३२ हजार १ सय ९२, सांग्रिला डेभलपमेन्ट बैंकको १० लाख २ हजार ५ सय ५४, सिन्धु विकास बैंकको २ लाख ८० हजार ८ सय ८ र समता माइक्रोफाइनान्सको ३७ हजार ९ सय २ कित्ता बोनस सेयर सूचिकृत भएका हुन् ।
त्यसैगरी, आइएमइ जनरल इन्स्योरेन्सको ४३ लाख २० हजार र लुम्बीनी विकास बैंकको ३ लाख ६२ हजार ४ सय ३६ कित्ता हकप्रद सेयर सूचिकृत भएका हुन् ।