सिल्क एयरले काठमाडौं–सिंगापुर दैनिक उडान भर्ने




काठमाडौ । सिल्क एयरले काठमाडौ देखि सिंगापुरसम्म दैनिक उडान भर्ने भएको छ । सिल्क एयर सिंगापुर एयरलाइन्सको रिजनल विङ हो ।

काठमाडौ–सिंगापुर उडान भर्न शुरू गरेकाे सात हप्तापछि दैनिक उडान भर्ने निर्णय गरेको एयरलाइन्सले जनाएको छ । अहिलेसम्म हप्तामा छ दिन उडान भर्दै आएकोमा अव शनिवार पनि उडान थपेको हो ।

उडान थप गर्न पाएकोमा आफुलाई निकै खुशी लागेको र यात्रुलाई सुविधायुक्त सेवा दिन एयरलाइन्स सधै तप्पर रहेको एयरलाइन्सले बताएको छ ।


क्लिकमान्डु