गाडी र मोटरसाइकल चलाउन सडक दस्तुर बढ्यो (सूचिसहित)



काठमाडौं । सरकारले सडक उपयोग गरे वापत तिनुपर्ने सडक दस्तुर बढाएको छ ।

मन्त्रीपरिषद्को चैत १४ को बैठकले सडक दस्तुर बढाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा संचारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

२०५७ सालको नीतिमा केही परिमार्जन गरिएको र केही थपिएको जानकारी उनले दिए ।

बास्कोटाका अनुसार हेटौडा नारायणगढ सडकखण्डमा बस,ट्रक तथा हेबी मेसिनरी इक्विुमेन्ट १०० रुपैयाँँ तिनुपर्छ भने कार,जिप,पिकअप भ्यान र ट्याक्टर ४० रुपैयाँ र तिनपांग्रे टेम्पु,मोटरसाइकल र स्कुटी ३० रुपैयाँ रहेको छ ।

यस्तै नारायणगढ बुटवल सडकखण्डमा ठूला बस र ट्रकको लागि १३० रुपैयाँ, कार र जिपको लागि ६० र मोटरसाइकलको लागि १० रुपैयाँ शुल्क तोकिएको छ ।

नौबिसे मुग्लिनमा बस र ट्रकले सडक उपयोग वापत १२० रुपैयाँ कार जिपले ५० रुपैयाँ र मोटरसाइकल स्कुटीले १० रुपैयाँ तिनुपर्छ ।
भैरहवा भुमहीमा ट्रक र बसको लागि ३०,कार जिपको लागि २० र मोटरसाइकलको लागि १० रुपैयाँ शुल्क लाग्नेछ ।

कागरगडभित्ता दमकमा बस र ट्रकलाई ७५,कार जिपलाई ३० र मोटरसाइकललाई १० रुपैयाँ शुल्क तोकिएको छ ।

दमक इटहरिमा बस र ट्रकलाई १२५,कार जिपलाई ५० र मोटरसाइकललाई १० रुपैयाँ तोकिएको छ ।
बिराटनगर धरानमा बस र ट्रकलाइलाई ७०,कार र भ्यानलाई २५ र मोटरसाइकल स्कुटरको १० रुपैयाँ रहेको छ ।

कोशी हरुवा सडकखण्डमा बस र ट्रकलाइ १४० कार र जिपलाई ५५ र मोटरसाइकललाई १० रुपैयाँ तोकिएको छ ।

हरुवा पथलैया सडकखण्डमा बस र ट्रकलाइ १२५ कार र जिपलाई ८५ र मोटरसाइकलको १० रुपैया लाग्छ ।

हेटौडा विरगन्जमा बस र ट्रकलाइलाई ८५, कार जिपलाई ५० र मोटरसाइकललाई १० रुपैयाँ शुल्क तोकिएको छ ।

विरगन्ज पथलैया सडकखण्डमा बस र ट्रकलाई ५० रुपैयाँ,कार जिपलाई २० र मोटरसाइकललाई १० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

धुलिखेल खुर्कोटमा बस र ट्रकलाई १२५ कार जिपलाई ५० र मोटरसाइकललाई १५ रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

खुर्कोट सिन्धुली बर्दिबासमा बस र ट्रकलाई ११५ बस र जिपको ४५ र मोटरसाइकलको १५ रुपैयाँ तोकिएको छ ।

पाँचखाल धुलिखेल,मेलम्चीमा भने बस र ट्रकलाई ५० कारर जिपको १५ र मोटरसाइकलको १० रुपैयाँ निर्धारण गरिएको छ । कतिपय स्थानको शुल्क पुरानो छ भने कतिपयको परिवर्तन गरिएको मन्त्री बास्कोटालो जानकारी दिए ।


क्लिकमान्डु