सेयर बजारमा विदेशी लगानीकर्ता भित्राउने अर्थमन्त्री खतिवडाको घोषणा



काठमाडौ । अर्थमन्त्री डा युवराज खतिवडाले सेयर बजारमा विदेशी लगानीकर्ता भित्राउने बताएका छन् ।

नेपाल चाटर्ड एकाउन्टेन्स संस्था(आइक्यान)ले आयोजना गरेको साफा सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले सेयर बजारमा विदेशी लगानीकर्ता भित्राउने बताएका हुन् ।

सेयर बजारमा विगतदेखि नै संस्थागत विदेशी लगानीकर्ता भित्राउने नीति सरकारले लिएपनि यो नीति कार्यान्वयनमा भने आएको छैन ।

राष्ट्रिय योजना आयोगले तयार पारेको दीर्घकालिन सोच सहितको १५ योजनाको आधारपत्रमा समेत पुँजी बजारमा विदेशी लगानीकर्ता भित्राउने उल्लेख गरिएको छ ।

अर्थमन्त्री खतिवडाले वित्तीय र मौद्रिक उपकरणको विस्तारको लागि सेयर बजारमा विदेशी लगानी भित्राउन आवश्यक रहेको बताए ।
बैकिङ बीमा जस्तै गरेर सेयर बजारमा विदेशी लगानी खुल्ला गर्ने उनले बताए ।


क्लिकमान्डु