नेपालमा ११.४ प्रतिशत बेरोजगार, ५ वर्षमा ६ प्रतिशतमा झार्ने सरकारी लक्ष्य



काठमाडौं । नेपालमा काम गर्ने उमेर समुहका ११.४ प्रतिशत जननसंख्या बेरोजगार रहेको पाइएको छ ।

केन्द्रीय तथ्यांक विभागले गरेको तेस्रो श्रमशक्ति सर्वेक्षणले ११.४ प्रतिशत काम गर्ने उमेर समुहका व्यक्ति बेरोजगार भएको देखाएको छ ।

तथ्यांकले विभागले गतसाता नै यो तथ्यांक सार्वजनिक गर्ने पूर्व निर्धारित कार्यतालिका रहेपनि यसलाई सार्वजनिक गरेको छैन ।

योजना आयोगले तयार पारेको दीर्घकालिन सोच सहितको १५ योजनाको आधारपत्रमा आर्थिक वर्ष २०७४÷७५ मा बेरोजगारीदर ११.४ प्रतिशत रहेको उल्लेख गरिएको छ । तथ्यांक विभागले सार्वजनिक नगरेपनि बेरोजगारी दरको तथ्यांकलाई आयोगले आधारपत्रमा राखेको छ ।

लगानी सम्मेलन र योजना आयोगको आधारपत्रमा गर्नुपर्ने छलफलको कारण तथ्यांक सार्वजनिक गर्न नसकिएको तथ्यांक विभागका अधिकारीहरु बकताउँछन् ।

योजना आयोगको आधारपत्रमा ११.४ प्रतिशतमा रहेको बेरोजगारीदरलाई आर्थिक वर्ष २०८०/८१ सम्ममा ६ प्रतिशतमा झार्ने लक्ष्य निर्धारण गरिएको छ ।

तथ्यांक विभागले हरेक १० वर्षमा श्रमशक्ति सर्वेक्षण सार्वजनिक गर्छ । २०६५ सालको सर्वेक्षणमा ३.१ प्रतिशत व्यक्ति बेरोजगार रहेको तथ्यांक सार्वजनिक गरेको थियो । १० वर्षको अवधीमा बेरोजगारीको संख्या बढेको छ ।


क्लिकमान्डु