विकास परिषद् बैठक बुधबारदेखि, १५ योजनालाई अन्तिम रुप दिइने



काठमाडौं । राष्ट्रिय योजना आयोगले तयार पारेको १५ योजनालाई अन्तिम रुप दिन बुधबारदेखि विकास परिषद्को बैठक बस्ने भएको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकमा योजना आयोगले तयार पारेको १५ योजनाको आधारपत्रलाई अन्तिम रुप दिइने छ ।

आयोगले पत्रकार सम्मेलन गरेर यसको जानकारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्षता गर्ने बैठकमा सरकारका मन्त्री,सातै प्रदेशका मुख्यमन्त्री,प्रमुख प्रतिपक्षी दलका नेता,योजना आयोगका सबै पदाधिकारी राष्ट्र बैंकका गभर्नर,विभिन्न स्थानीय निकायका प्रमुखहरु सहभागी हुने छन् ।

आयोगले २५ वर्षपछि हासिल हुने उपलब्धी सहित १५ औं योजना बनाएको जानकारी दिएको छ ।


क्लिकमान्डु