प्रधानमन्त्री ओली आउने भएपछि रातारात सडक कालोपत्रे



बिराटनगर । मोरङको उर्लावारी स्थित मदन भण्डारी प्रतिष्टानको २५ औ रजत महोत्सवको उद्घाटन तथा कार्यकर्ता प्रशिक्षणमा प्रधानमन्त्री आउने भए पछि राता रात सडक कालो पत्रे गरिएको छ ।

केही समय अगाडि राष्ट्रपति विद्यादेवी भण्डारी आउदा कालो पत्र नभएको सो सडक प्रतिष्ठानले आफ्नो नियमित कार्य भएको भन्दै रातारात कालो पत्र गरेको हो ।

१३ गते बाटो बनाउन सुरु गरे पनि १५ गते बेलुका ९ बजे प्राइमर लगाएर १६ गते दिउसो ४ बजे पिच गर्न सुरु गरिएको थियो । आइतबार प्रधानमन्त्री केपी ओली उक्त सडक हुदै कार्यक्रममा सरिक भएका छन् ।

२४ घण्टा नवित्दै कालो पत्रे गर्ने कार्यले त्यो कालो पत्र कति टिक्ने हो भन्ने विषयमा स्थानिय चिन्तित छन । कालो पत्रे नगरपलिको ११ लाख र मदन भण्डारी प्रतिष्ठानको १८ लाख ३८ हजार गरि कुल २९ लाख ३८ हजारको साझेदारीमा बन्दै गरेको प्रतिष्ठानका कार्यकारी निर्देशक बिनोद अर्यालले बताए ।

कालो पत्रे नगरपालिका र प्रतिष्ठानको साझेदारीमा बनेको भए पनि कालो पत्रेको विषयमा नगरले कुनै स्टमेट नगरेको र बनेको विषय आफुले पत्रकार द्धारा थाहा पाएको नगरपालिकाका इन्जीनियर रोशन उदाश श्रेष्ठले बताए ।

आफ्नो अनुकुल बाटो बनेको र विकास निमार्ण हुन प्रधानमन्त्रीनै आउनु पर्ने रहेछ भन्दै स्थिानिय चिन्तीत बनेका छन । विकास र समृद्धिको नारा वोकेको ओली सरकार र ओली आउदा मात्रै यसरी राता रात बाटो कालोपत्रे गर्दा विकास र समृद्धि जनताको आखामा छारो हाल्ने नारा भएको स्थानीय बताउँछन् ।

महेन्द्र  राजमार्ग देखी दक्षिण शनिश्चरे वजार सम्मको लगभग ३०० मिटर लामो सो सडक निर्माण गरिएको छ । प्रतिष्ठनका कार्यकारी निर्देशक विनोद अर्यालले बाटोको बिषयमा प्रधानमन्त्री आउने भएर निमार्ण गर्न लागिएको नभई र अलकत्रा छरेको २४ घण्टा र कालो पत्र गरेको २४ घण्टामा प्रयोग गर्न मिल्ने वताए ।


क्लिकमान्डु