सेयर ब्रोकरबाट मार्जिन लेन्डिङ: महंगा र सस्ता कम्पनी ऋण लिन अयोग्य, ३१ कम्पनीमात्र योग्य (सूचिसहित)
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्सेमा) सूचिकृत कम्पनीमा सबैभन्दा बढी सेयर मूल्य भएको कम्पनीमा पर्छ युनिलिभर नेपाल लिमिटेड ।
पछिल्लो सेयर कारोबार अनुसार युनिभिलर १९ हजार ३७९ पर्छ । तर,नेप्सेले बनाएको मार्जिन लेन्डिङको मापदण्डले युनिलिभरको सेयर खरिदका लागि सेयर ब्रोक्ररले ऋण दिन पाउने छैनन् ।
नेपाल राष्ट्र बैंकले नेप्सेको सिफारिसमा ब्रोकरलाई मार्जिन लेन्डिङको काम गर्न दिने निर्देशिका जारी गरेको थियो ।
स्टक एक्सचेन्जले २१ वटा कम्पनीको सेयर खरिदमा मात्र ब्रोकरले मार्जिन लेन्डिङको सुविधा दिन सक्ने सार्वजनिक गरेको छ । नेप्सेले बनाएको मापदण्डले बीमा कम्पनीको सेयर खरिदका लागि पनि ब्रोकरले ऋण दिन पाउने छैनन् ।
स्टक एक्सचेन्जले मार्जिन टे«डिङ कारोबार कार्यविधीमा १० हजार जना सेयरधनी भएको, २ आर्थिक वर्षमा १० प्रतिशत नगद लाभांश वितरण गरेको,एक वर्षमा औसतमा ८० प्रतिशत सेयर कारोबार भएको कम्पनीलाई योग्य मानेको छ ।
सूचिमा ११ वटा वाणिज्य बैंक रहेका छन् । ६ वटा विकास बैंक,९ वटा लघुवित्त,३ वटा जलविद्युत् कम्पनी,एउटा होटल र एउटा अन्य समुहमा टेलिकम रहेको छ ।