सिटिजन्स बैंकले गर्यो सामुदायिक पुस्तकालयलाई आर्थिक सहयोग




काठमाडौं । सिटिजन बैंक इन्टरनेशनलले रामकोटमा रहेको त्रिवेणी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र लाई पचास हजार रुपैंयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

योर पार्टनर फर प्रोग्रेस भन्ने नारालाई आत्मसाथ गरी घरदैलोमा बैंकिंग सेवा पु¥याँउदैै आएको सिटिजन्स बैंक इन्टरनेसनले नारायणहिटी पथमा आयोजित एक कार्यक्रममा उक्त संस्थालाई चेक हस्तान्तरण गरेको हो ।सहयोग रकम उपयुक्त कक्षहरुको निर्माण, व्यवस्थापन तथा गराए ।

हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।
हाल यस बैंकले आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु