लगानी बोर्डका सीइओ अधिकारीले भने- हामी लगानीकर्तालाई अन्तर्राष्ट्रियस्तको सुविधा दिन्छौं



काठमाडौं । नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले लगानीकर्ताहरुलाई अन्तर्राष्ट्रियस्तको सुविधा दिने बताएका छन् । काठमाडौंमा भएको अन्तर्राष्ट्रिय लगनी सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै सीइओ अधिकारीले विश्वमा पाइने सुविधाहरु नेपालमा पाइने बताए ।

लगानी सम्मेलन सपल भएको बताउँदै सहभागीहरु सबैलाई अधिकारीले धन्यबाद दिए ।

लगानी सम्मेलनले नेपालमा लगानी भित्र्याउने भन्दै अधिकारीले अब नेपाल विकासको नयाँ युगमा प्रवेश गर्ने बताए ।

ंलगानी सम्मेलनले हामीलाई निकै ठूलो उत्साह जगाएको छ,’ अधिकारीले भने, ‘कन्फ्युजनमा रहेका लगानीकर्ताहरुलाई सम्मेलनने प्रष्ट पारेको छ भन्ने हाम्रो विश्वास छ ।’


क्लिकमान्डु