युनिलिभरका प्रमुखको २७ वर्षे अनुभवः देश नै समस्यामा पर्दा पनि हामीले समस्या भोग्नु परेन



काठमाडौ । युनिलिभर नेपालका कार्यकारी प्रबन्ध निर्देशक आशिष राईले नेपाल सरकारले व्यवसायीहरुलाई स्थायीत्व र हुर्किने ठाउँ दिनुपर्ने बताएका छन् ।

लगानी सम्मेलनको नेपालमा लगानी सेसनमा बोल्दै उनले नेपालका लागि जे ठीक हुन्छ, त्यो युनिलिभरका लागि पनि ठीक हुने बताए । साथै उनले उक्त सेसनमा युनिलिभरको नेपालमा २७ वर्षे भोगाइबारे पनि विचार राखेका थिए ।

देश नै समस्यामा भएका बेला युनिलिभर लगायत अन्य कम्पनी तथा व्यवसायीले केहि समस्या भोग्नु सामान्य भएको उनले बताए ।

विगतमा देशमा केहि समस्याहरु भएपनि अहिले स्थायी सरकार भएको र लगानीमैत्री बातावरण भएको उनको धारणा छ । लगानीमैत्री वातावरणको सन्दर्भमा अहिले नेपाल दक्षिण एशियामै राम्रा देश भएको धारणा व्यक्त गरे ।

नेपालको अहिलेको समस्या भनेको युवापुस्ता विदेश जानु रहेको र यसलाई रोक्न युनिलिभर जस्ता कम्पनीहरुको पनि दायित्व रहेको समेत उनले बताए ।

युनिलिभरजस्ता विभिन्न कम्पनीको दायित्व भनेको सक्दो धेरै रोजगारी सिर्जना गरेर विदेश पलायन रोक्ने हो–उनले भने ।

‘सरकारले हामीहरुलाई स्थायित्व र व्यवसाय हुर्काउने बातावरण दिने हो भने हामी यो समस्या समाधान गर्न लागि पर्छौं,’ उनले भने ।

सयस्यारहित देश कुनै पनि नभएको उल्लेख गर्दै उनले नेपालले आफ्ना सम्भावनाहरुलाई चिनेर अघि बढनुपर्ने बताए ।


क्लिकमान्डु