ज्योति विकास बैंक र हाम्रो विकास बैकको एकिकृत कारोवार शुरु




काठमाडौ । ज्योति विकास बैंक र हाम्रो विकास बैंकबीच एकिकृत कारोबारको सुरुवात भएको छ । राष्ट्रियस्तरको ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई प्राप्ती गरेको हो ।

एकिकृत कारोबारको शुभारम्भ एक औपचारिक कार्यक्रम बीच नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले उदघाटन गरेका हुन । सो अवसरमा ज्योति विकास बैंकले नुवाकोटको बट्टार बजारमा नयाँ एटिएम समेत संचालनमा ल्याएको छ ।

एकिकृत कारोबार पश्चात् ज्योति विकास बैंकको ग्राहक संख्या २ लाख ४० हजारभन्दा बढि, निक्षेप २६ अर्व ३८ करोड र कर्जा रु २३ अर्व ५७ करोड पुगेको छ भने शाखा संख्या ९५, एटिएमको संख्या २३ र एक्स्टेन्सन काउन्टर संख्या २ पुगेको छ ।


क्लिकमान्डु