बैंकिङ र बीमा क्षेत्रमा लगानी गर्ने भारतको मुथुत ग्रुपका अध्यक्षको घोषणा, चौधरीले भित्र्याउँदै



काठमाडौं । भारतको व्यावसायिक घराना मुथुत ग्रुप नेपालको बैंकिङ तथा बीमा क्षेत्रमा लगानी गर्न तयार रहेको घोषणा गरेको छ । काठमाडौंमा आजदेखि शुरु भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा भाग लिन आएका मुथुत ग्रुपका अध्यक्ष एमजी जर्ज मुथुतले यस्तो बताए ।

सरकाले आयोजना गरेको लगानी सम्मेलनको मूख्य बक्ता रहेका मुथुतले सम्मेलनलाई नेपालको बैंक तथा बीमा क्षेत्रमा लगानी गर्न आफूहरुले लगानी गर्न लागेको जानकारी दिए ।

‘हामीले नेपालको बैंक तथा बीमा क्षेत्रमा संभावना देखेका छौं, हामी लगानी पनि गर्दैछौं,’ मुथुतले भने ।

यो समूहले भारतमा पनि मुथुत फाइनान्स सञ्चालन गरिरकेको छ । मुथुत फाइनान्सको मूख्य विषेशता भनेको सुन धितो राखेर ऋण दिनू हो ।

मुथुत ग्रुपले नेपालको युनाइटेड फाइनान्समा लगानी गर्ने घोषणा गरिसकेको छ । कुल ८० करोड रुपैयाँ चुक्ता पुँजी रहेको युनाइटेडमा मुथुत फाइनान्सले करिब ४० करोडको हाराहारीमा लगानी गर्न लागेको हो ।

युनाइटेड फाइनान्स नेपालको चर्चित व्यावसायिक घराना चौधरी समुहको ठूलो लगानी छ । चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरीसहित बसन्तकुमार चौधरी, राहुल चौधरी, अरुण चौधरीको लगानीछ । बसन्त चौधरी फाइनान्स अध्यक्ष छन् ।

त्यस्तै, युनाइटेड इन्स्योरेन्समा पनि लगानीको लागि कुरा भइरहेको बुझिएको छ । युनाइटेड इन्स्योरेन्समा पनि चौधरी ग्रुपको ठूलो लगानी छ ।

मुथुत ग्रुपलाई बिनोद चौधरीले नेपाल भित्र्याउन लागेका हुन् ।


पुष्प दुलाल