दोस्रो बजारमा कारोबार हुने वित्तिकै शिबम् शिमेन्टले लाभांस घोषणा गर्यो



काठमाडौं । दोस्रो बजारमा कारोबार शुरु भएको एक हप्ता नपुग्दै शिबम् शिमेन्टले लाभांस घोषणा गरेको छ । कम्पनीको चैत १३ गते बुधबार सम्पन्न ५६औं सञ्चालक समितिको बैठकले सेयरधनीलाई १५.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीले प्रस्ताव गरेको लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै वितरण हुनेछ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट उक्त लाभांस घोषणा गरेको हो । कम्पनीको चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ छ ।

शिवम् सिमेन्ट पब्लिक सेयर जारी गर्ने पहिलो सिमेन्ट उद्योग हो । कम्पनीले फागुन ६ देखि १४ गतेसम्म सर्वसाधारणलाई प्रिमियमसहित प्रतिकित्ता ३०० र स्थानीयबासिका लागि प्रिमियमसहित प्रतिकित्ता २०० रुपैयाँका दरले कूल ५२ लाख ८० हजार कित्ता शेयर निष्काशन गरेको थियो ।

चैत ५ गते नेप्सेमा सूचीकृत भएको कम्पनीको शेयर चैत १० गतेदेखि कारोबार भएको थियो ।

नेप्सेले शिवम् सिमेन्टको पहिलो कारोबारका लागि न्यूनतम १६१ रुपैयाँ ६० पैसादेखि अधिकतम ४६४ रुपैयाँ ८० पैसासम्म कारोबार रेञ्ज तोकिएको थियो ।

तर, यो कम्पनीको सेयरमूल्य लगातार घटिरहेको छ ।


पुष्प दुलाल