लगानी सम्मेलन सबैभन्दा बढी चीनका लगानीकर्ता आउने



काठमाडौं । शुक्रबारदेखि काठमाडौंमा सुरु हुन लागेको लगानी सम्मेलनमा सबैभन्दा बढी सहभागी चीनबाट हुने भएको छन् ।

सम्मेलनमा विदेश र स्वदेशका गरेर ६३० भन्दा बढी सहभागी हुने छन् । ३८ देशबाट लगानीकर्ता नेपाल आउनको लागि कन्र्फम गरेका छन् । सम्मेलन हुने दिनसम्म संख्यामा परिवर्तन भने हुनसक्छ ।

लगानी बोर्डका अनुसार चीनबाट सबैभन्दा २०९ जना लगानीकर्ता चीनबाट आउने छन् । यस्तै भारतबाट ११० जना सहभागी हुनेछन् ।

नेपालबाट ४९ जना सहभागी हुन लागेका छन् । नेपालबाट हुने संख्या भने घट्न सक्ने छ । यस्तै,म्यानमारबाट २८ जना सहभागीता सम्मेलनमा जनाउने छन् । म्यानमारका विदेशमन्त्रीले लगानी सम्मेलनमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यो पटक लगानी बोर्डले अगाडि सारेको एउटा परियोजनामा म्यानमारका लगानीकर्ताले लगानी समेत गर्ने छन् । म्यानमारबाट अहिलेसम्म लगानी आएको छैन ।

यस्तै जापानबाट २० जना,दक्षिण कोरियाबाट १५ जना,ओमानबाट १३,अमेरिकाबाट ११,श्रीलंकाबाट १०,क्यानडाबाट ९,बेलायतबाट ९ र मलेसियाबाट ९ जना सहभागी हुने छन् । सिंगापुरबाट समेत ९ जना र अन्य देशबाट ६५ जना सहभागी हुने टुंगो लागेको छ ।

दुईवर्ष अगाडि भएको लगानी सम्मेलनमा सबैभन्दा बढी चीनबाट लगानीकर्ता आएका थिए । चीनका लगानीकर्ताले सबैभन्दा बढी लगानी गर्ने प्रतिबद्धता जनाएका थिए । तर,सो अनुसारको लगानी भने आउन सकेको छैन ।


क्लिकमान्डु