एभरेष्ट बैंकको लगानीकर्ता पिएनबीको २ खर्ब रुपैयाँ ऋण नतिर्ने निरव मोदी गिरफ्तार



लण्डन । पन्जाव नेशनल बैंकको १३ हजार करोड भारतीय रुपैयाँ( करिब २ खर्ब ८ अर्ब नेपाली रुपैयाँ) ऋण नतिरेर बेलायत मागेका हिरा व्यापारी निरव मोदी गिरफ्तार भएका छन् ।

भारतबाट फरार भएर हिरा व्यापारी निरव मोदी बेलायतमा गएका थिए । अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार निरव मोदी गिरफ्तार भएका छन् । उनलाई लण्डनको वेस्टमिनिस्टर कोर्टमा लगिने छ ।

लण्डनको एउटा अदालतले फरार रहेका हिरा व्यापारी निरव मोदी विरुद्द गिरफ्तारीको वारेन्ट जारी गरेको थियो ।

उनको विरुद्द भारतको प्रवर्तन निर्देशालय(इडी)ले भारतमा प्रत्याभूतिको लागि अनुरोध गरेको छ । इडीले कालोधनको विषयमा भारतमा प्रत्याभुति गर्नको लागि अनुरोध गरेको हो ।

मोदी गिरफ्तार भएपनि भारतलाई बेलायतले प्रत्याभूति गर्ने ग्यारेन्टी भने छैन । यो विषयको टुंगो अदालतले लगाउने छ ।

केही दिन अगाडि बेलायती संचारमाध्यममा निरव मोदी ८ मिलियन पाउण्ड पर्ने घरमा रहेको समाचार प्रकाशित भएको थियो ।

निरव मोदीको १ खर्ब ८७ अर्ब भारु बराबरको सम्पत्ति भने इडीले जफत गरिसकेको छ । उनको परिवारसँग जोडिएको ४ अर्ब ८९ करोड भारु बराबरको सम्पत्ति समेत जफत भएको छ ।

हिरा व्यापारी निरव मोदीले पिएनबीबाट लिएको ऋण नितिरेर फरार भएपछि भारतको सबैभन्दा ठूलो बैंक समस्यामा परेको थियो ।पिएनबीले नेपालको एभरेष्ट बैंकमा लगानी गरेको छ । पिएनबीमा आउने समस्याले एभरेष्टलाई भने केही असर गर्दैन


क्लिकमान्डु