लगानी सम्मेलनको पूर्वसन्ध्यामा प्रदेश नम्बर २ सरकारको निर्णय, २० वर्ष कुनै कर नलिने



काठमाडौं । लगानी भित्राउनको लागि प्रदेश नम्बर २ को सरकारले २० वर्षसम्म कुनैपनि प्रकारको कर नलिने भएको छ ।

लगानी सम्मेलनको पूर्वसन्ध्यामा प्रदेश नम्बर २ सरकारले २० वर्षसम्म कर छुट दिने निर्णय गरेको हो ।

प्रदेश नम्बर २ को मन्त्रीपरिषद्को बैठकले २० वर्षसम्मको लागि कुनैपनि प्रकारको कर नलिने,सुरक्षा,प्रदान गर्ने,भूमि व्यवस्थापन गर्ने,विजुली प्रदान गर्ने तथा ३ घण्टाभित्र उद्योग दर्ता प्रक्रिया पुरा गर्ने निर्णय गरेको छ ।

प्रदेश नम्बर २ नम्बर का मुख्यमन्त्री लालबाबु राउतले ट्वीट मार्फत त्यसको जानकारी दिएका छन् ।

प्रदेश नम्बर २ का प्रमुख सचिव दिपक सुवेदीले लगानी भित्राउनको लागि प्रदेश सरकारले उठाउने करमा २० वर्षसम्म छुट हुने बताए ।

‘संविधानले प्रदेश सरकारलाई उठाउन दिएको करमा त्यस्ता उद्योगले छुट पाउने छन्,’सुवेदीले क्लिकमाण्डूसँग भने । केन्द्र सरकारले उठाउने करमा हामीले छुट दिनु मिल्दैन ।

संविधानले प्रदेश सरकारलाई उठाउन दिएका क्षेत्रमा यसरी प्रदेश नम्बर २ मा स्थापना हुने उद्योगले कर छुट पाउने छन् ।

‘तत्कालको लागि लगानी आकर्षित गर्न कर छुटको व्यवस्था गरिएको छ,यसलाई नीति बनेपछि कहिलेसम्म स्थापना हुने उद्योगले कर छुट पाउने हो,त्यसको निर्धारण हुन्छ,’प्रमुख सचिव सुवेदीले भने ।

संविधान अनुसार प्रदेश सरकारले घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन, विज्ञापन र कृषि आयमा कर लगाउन सक्ने अधिकार प्रदेश सरकारलाई दिएको छ ।


क्लिकमान्डु