मुकेशले ऋण तिरिदिएपछि जेल जानबाट जोगिए अनिल



काठमाडौं । नेपालीमा एउटा उखान छ ‘बाघको अनुहार हेर्नु परे बिरालोको हेर्नु, शत्रुको अनुहार हेर्नु परे दाजु भाइ अनुहार हेर्नु । विगत लामो समयसम्म भारतीय व्यापारी मुकेश आम्बनी र अनिल आम्बानीको पनि अवस्था नेपाली उखानको जस्तै थियो ।

मुकेश हरेक वर्षको धनीको उच्च स्थानमा चढीरहेको बेला अनिल आम्बानी भने चरम संकटमा फसेका थिए । उनले ४५३ करोड भारतीय रुपैयाँ जम्मा नगरे जेल जानु पर्ने अवस्था आइलागेको थियो । तर पारिवारिक कटुता बिर्सेर मुकेशले अनिलाई जेल जानबाट जोगाइदिएका छन् ।

भारतका चर्चित उद्योगपति मुकेश अम्बानीले एक अर्कासँगको पुरानो मनमुटाव बिर्सिएर भाई अनिलको ऋण तिरिदिएपछि जेल जानु पर्ने बाध्यताबाट छुटकरा पाएका छन् ।

अनिलको कम्पनी आर कमले एरिक्सनलाई तिर्न बाँकी रहेको ४५३ करोड भारतीय रुपैयाँ दाजु मुकेशले तिरिदिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । सर्वोच्च अदालतले ऋण तिर्नका लागि आजसम्मको समयसीमा दिएको थियो ।

उक्त रकम नतिरेको खण्डमा आरकमका अध्यक्ष अनिल ३ महिनाको जेल सजाय हुने अवस्था थियो । दाजुले ऋण तिर्न सहयोग गरेपछि भाइले दाजुप्रति कृतज्ञता ब्यक्त गरेका छन् । संकटको समयमा दाजु मुकेशले भाई अनिललाई साहारा दिए जसबाट एरिक्सनको ५५० करोड रुपैयाँ भुक्तानी गर्न आरकम सफल भएको छ ।

दाजु भाउजुले अफ्ठेरो समयमा गरेको मद्दतले परिवारको मूल्यमान्यता तथा महत्वलाई कायम राखेको भन्दै भाई अनिलले आभार प्रकट गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

एरिक्सन बिवादमा भारतको सर्वोच्च अदालतले गत जनवरी २० मा आदेश दिएको थियो । सो आदेश अनुसार चार साता भित्र रकम चुक्ता गर्न आदेश दिएको थियो । उक्त रकम चुक्ता नगरे अनिल ३ महिना जेल जानुपर्ने थियो ।


क्लिकमान्डु