शोधनान्तर स्थिति ऋणात्मक, विदेशी विनिमय सञ्चित घट्यो



काठमाडौं । चालु आर्थिक बर्षको सात महिनासम्ममा शोधनान्तर स्थिती ४९ अर्ब ३२ करोड रुपैयाँ घाटामा रहेको छ ।

गत आवको सोहि अवधिमा शोधनान्तर घाटा १८ अर्ब २८ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा चालु खाता घाटा विस्तार भई १ खर्ब ६६ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ खर्ब ४२ अर्ब ९ करोड रुपैयाँ रहेको थियो ।

२०७५ असार मसान्तमा ११ अर्ब २ अर्ब ५९ करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिती माघ मसान्तमा १० खर्ब ७८ अर्ब ३६ करोड रुपैयाँ रहेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिती २०७५ असार मसान्तमा ९ खर्ब ८९ अर्ब ४० करोड रहेकोमा माघ मसान्तमा घटेर ९ खर्ब ३७ अर्ब ३५ करोड रुपैयाँमा झरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा १ खर्ब १३ अर्ब १९ करोड रहेकोमा माघ मसान्तमा १ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको छ ।


क्लिकमान्डु