एशियन लाईफ इन्स्योरेन्स र गण्डकी विकास बैंकबीच सम्झौता



काठमाडौ । एशियन लाईफ ईन्स्योरेन्स कम्पनी र गण्डकी विकास बैंकबीच “जीवन बीमा सेवा“ सम्बन्धी संझौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त संझौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र गण्डकी विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका हुन । अब गण्डकी विकास बैंकको ७७ वटा शाखाहरुबाट समेत एशियन लाईफले प्रचलनमा ल्याएको सावधिक र म्यादी जीवन बीमा योजना गरी २० वटा जीवन बीमा योजनाहरु खरिद गर्न सकिनेछ ।
साथै एशियन लाईफ इन्स्योरेन्स कम्पनीले देशैभर रहेका आफ्नो ११४ वटा कार्यालयहरुबाट जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गरिरहेको छ


क्लिकमान्डु