के अनिल अम्बानी टाट पल्टेका हुन् ? ३२ करोड रुपैयाँ बुझाउन समेत मुश्किल



मुम्बई । भारतीय टेलिकम कम्पनीको नियामक निकायलाई बुझाउनुपर्ने २१.५ करोड भारतीय रुपैयाँ समेत बुझाउन नसक्ने अवस्थामा अनिल अम्बानी पुगेका छन् ।

अनिल अम्बानीको कम्पनी रिलायन्स कम्युनिकेशनले समयमा नियामक निकायलाई बुझाउनुपर्ने रकम नबुझाएको हो ।

अन्य कम्पनी भोडाफोन,आइडिया,रिलायन्स जिओ लगायतका कम्पनीले भने टेलिकम अथोरिटीलाई बुझाएका छन् ।

मार्च ३ सम्म यो रकम बुझाउनुपर्ने सीमा थियो । नियामक निकायले १० दिन थप गरेको छ । फोब्र्सले सार्वजनिक गरेको सूचिमा अनिल अम्बानीले एकवर्षको अवधीमा १ अर्ब अमेरिकी डलर सम्पत्ति गुमाएका छन् ।

ऋणमा फसेका अनिलको सम्पत्ति हरेक वर्ष घट्दै गएको छ । अनिल अम्बानीको टेलिकम कम्पनीको ठूलो ऋणमा फसेको छ । जसको ऋण चुक्ता गर्न कम्पनीले सकेको छैन ।


क्लिकमान्डु