शिवम् शिमेन्टको सेयर बाँडफाँड, कसले कति पाए ?



काठमाडौं । शिवम् शिमेन्टको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । सिमेन्टको आवेदन दिनेमा स्थानीय तर्फ सबै आवेदकले माग अनुसार सेयर पाएका छन् ।

एक लाख १५ हजार कित्तासम्म स्थानीयले आवेदन दिएका थिए । स्थानीयले खरिद नगरेको ९४ हजार ६ सय ९५ कित्ता सेयर सर्वसाधारणलाई नै थप गरेर बाँडफाँड गरिएको बिक्री प्रबन्धक सिद्दार्थ क्यापिटलले जनाएको छ ।

यस्तै सेयरमा ५१ हजार ८ सय ९८ जना सर्वसाधारणले आवेदन दिएका थिए । आवेदन दिनेमध्ये ५१ हजार ८ सय ९८ जनाले सेयर पाएका छन् । बाँकीको रद्द भएको छ । पाँच हजार दुई सय २० कित्ताका लागि आवेदन दिनेले माग गरे अनुसार नै सेयर पाएका छन् ।

पाँच हजार दुई सय २० कित्ता देखि एक लाख कित्तासम्मको लागि आवेदन दिनेले पाँच हजार ६ सय ४० कित्ता सेयर क्यापिटलले जनाएको छ ।

६५ सय ३० कित्ता देखि १ लाख कित्तासम्म आवेदन दिने ३८ जना मध्येलाई गोलाप्रथाबाट ११ जनालाई थप १० कित्ता सेयर थप गरिएको छ ।

६५ सय ३० कित्ता देखि १ लाख कित्तासम्मको लागि आवेदन दिने ३८ जना मध्येलाई गोलाप्रथाबाट ५ जनालाई १ कित्ता सेयर थप गरिएको जनाइएको छ ।


क्लिकमान्डु