काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले विदेशी मुद्रा सन्चिती रित्याएर राजस्व बढाउन नचाहेको बताएका छन् ।
अर्थमन्त्री खतिवडाले मंगलबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताए ।
‘पुस मसान्तमा लक्ष्यभन्दा केही कम राजस्व उठेपनि,राजस्वको अंक बढाउन चाहेको भए धेरै विधी थिए,तर, हामीले त्यो गर्न चाहेनौ,’उनले भने ।
‘विदेशी मुद्रा रित्याएर राजस्व बढाउने काम यो सरकारले गर्दैन,अघिल्ला सरकारले यस्तो विधीपनि अपनाएका थिए,’खतिवडाले थपे ।
यसअघिका सरकारहरुले अर्थमन्त्रालयको समस्या राष्ट्र बैंकलाई सारिदिने भन्दै खतिवडाले आफुहरुले त्यस्तो नगरेको बताए ।
‘हामीले राजस्वको अंक बढाउन चाहेको भए सरकारी संस्थानलाई तान्ने,भन्सारमा भएका सवारीसाधन लगायतका अन्य वस्तुको क्लियरेन्स गर्न हाम्रा निकायलाई प्रयोग गरेको भए,सवारी साधनको ऋणमा सिमा नघटाउन भनेको भए लक्ष्यभन्दा बढी राजस्व उठ्ने थियो,’खतिवडाले भने ।
वित्तीय संघियता कार्यान्वयनको शंक्रमणकाल अझै नसकिपनि समग्र आर्थिक सूचकले देखाएको बाटो सन्तोषप्रद भएको उनको भनाई छ ।
प्रतिक्रिया