सिभिल होम्सले १ हजार १ वटा घर बनाएर बेच्यो, अब कति बनाउला ?



काठमाडौं । सिभिल होम्सले अहिलेसम्म १ हजार १ घर बनाएर बिक्री गरिसकेको छ । होम्सले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा एक हजार एक घर बनाएर खरिदकर्तालाई हस्तान्तरण गरेको जनाएको छ ।

होम्सले ललितपुरको भैँसेपाटीमा सञ्चालनमा रहेको पहिलो परियोजनामा २४ रोपनी जग्गामा ५२ वटा घर बनाएर २१ देखि ३१ लाखमा बिचेको जनाएको छ । ७२ रोपनीमा बनेको दोस्रो परियोजनाका १२३ वटा घरहरु बिक्री भएको जनाएको छ ।

सुनाकोठीको १२७ रोपनी जग्गामा बनेको १९७ वटा घरपनि सम्बन्धित हस्तान्तर गरेको र १९ रोपनी क्षेत्रफलमा बनेको सुनाकोठीको कोलोनी–१मा ७२ घर हस्तान्तरण गरेको सिटिबस्ती परियोजना फेज–६ खुमलटारमा बनेको ७२ वटा घर पनि हस्तान्तरण भएको छ ।

होम्सले अहिले धापाखेल, सितापाइला, गोदावरीमा घर बिक्री र निर्माण कार्यभइरहेको जनाएको छ । धापाखेलमा १३५ रोपनीमा बन्ने २४४ वटा घरमध्ये अपार्टमेन्टसहित२४० घर बिक्री भएको जनाएको छ ।

सीतापाइलामा ४५रोपनीमा बन्ने १०८ घरमध्ये ६६ घर बिक्री भएको बताइएको छ । यस्तै गोदावरीमा ४२ रोपनी ७ आना बन्ने १०७ घरमध्ये ४६ वटा बिक्री भएको जनाएको छ ।

त्यस्तै, सुन्धारामा ६ रोपनी जग्गामा बनेको सिटिसी मलमा रहेको २८४ युनिटमध्ये १६९ युनिट बिक्री भएको जानकारी गराइएको छ ।

सिभिल ग्रुपले सिभिल सेभिङ, सिभिल होम्स, सिभिल बैंक, सिभिल स्टेट्स, सिभिल आरएमसी लगायत डेढ दर्जनभन्दा बढी क्षेत्रमा लगानी गरेको जनाएको छ ।


पुष्प दुलाल