नेपाल लाइफले २५ प्रतिशत बोनस र २३.५ प्रतिशत नगद लाभांश दिने



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले लागनीकर्ताहरुलाई ४८.५ प्रतिशत लाभांश दिने भएको छ ।

इन्स्योरेन्सले लगानीकर्ताहरुलाई २५ प्रतिशत बोनस र २३.५ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।

इन्स्योरेन्सको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्ताहरुलाई उक्त लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नियामक निकाय बिमा समिति र आगामी वार्षिक साधारण सभाले पारित गरेपनि लगानीकर्ताले पाउने छन् ।

चरा अर्ब ३९ करोड ६९ लाख २८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको यो बोनस वितरणपछि पाँच अर्ब ४९ करोड ६१ लख ६० हजार रुपैयाँ चुक्ता पुँजी पुग्नेछ ।


क्लिकमान्डु