बैंक तथा वित्तीय संस्थाले प्राथमिक पुँजीको शतप्रतिशत ऋण लिन सक्ने

315
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजत पाएका ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरु परिवत्र्य विदेशी मुद्रामा प्राथमिक पुँजीको शतप्रतिशत ऋण लिन पाउने भएका छन् ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दा नै विदेशी मुद्रमा शतप्रतिशत ऋण लिन सक्ने व्यवस्था गरिसकेको छ । यस अघि नै व्यवस्था भएपनि अहिले ऋण लिनका लागि निश्चित मापदण्डसहित सूचना जारी गरेको छ ।

विदेशी परिवत्र्य मुद्रामा प्रथमिक पुँजीको शतप्रतिशत लिएको ऋण नविकरणीय उर्जा (जलविद्युत, सौर्य र वायु उर्जा) उत्पादन तथा प्रशारण लाइन, सडक, सुरुङमार्ग, विमानस्थल, केवलकार, पुल जस्ता भौतीक पूर्वाधारमा लगानी गर्नुपर्ने छ । उक्त पैसा हाउजिङ, जग्गा विकासलगायत रियलस्टेट क्षेत्रमा भने लगानीगर्न पाइने छैन ।

तोके बमाजेजिम पुँजीकोष कायम गरेका ‘क’,‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र ऋण लिन सक्नेछन् । ऋण लिन संस्थाको सञ्चालक समितिबाट निर्णय हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यस्तो ऋण एक देखि पाँच वर्षसम्मको लागि हुनेछ । राष्ट्र बैंकले स्वीकृत दिएको खण्डमा ऋण नविकरण पनि हुन सक्नेछ ।