पर्यटनमन्त्री हेलिकप्टर दुर्घटनामा परेपछि प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरीषदको बैठक



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको नाइन एन एएमआइ कल साइनको हेलिकप्टर दुर्घटनामा परेको छ ।

मन्त्री अधिकारीसहित ६ जना सवार हेलिकप्टर दुर्घटना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरीषदको बैठक बोलाएका छन् ।

काठमाडौँबाट ताप्लेजुङ जाँदै गरेको एयर डाइनेस्टीको उक्त हेलिकप्टर दुर्घटनामा परेको गृहमन्त्रालयले पुष्टि गरेको छ । मन्त्रीसहित उक्त हेलिकप्टरमा ६ जना चढेका थिए ।

हेलिकप्टरमा मन्त्री अधिकारी सहित यती एयरका आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, विरेन्द्रकुमार श्रेष्ठ, अर्जुनकुमार घिमिरे लगायत थिए । घटनास्थलमा प्रहरी, नेपाली सेना घटनास्थल तर्फ गएको बताइएको छ ।

मौसममा देखिएको खराबी र भौलिक विकटताका कारण उद्धारमा समस्या परेको स्थानीय प्रशानसले जनाएको छ । उद्दारका लागि सिम्रिक यएरको हेलिकोप्टर पनि त्यसतर्फ गएको बताइएको छ ।


क्लिकमान्डु