यी हुन् संसारका ८ साना सेयर बजार, नेपाल कुन स्थानमा ?



काठमाडौं । संसारभर नै सेयर बजारलाई विभिन्न रुपमा अगाडि बढाइएका छन् । देशको अर्थतन्त्रको ऐनाको रुमपा लिँदै सेयर बजारलाई अगाडि बढाइएको छ ।

विश्वका सेयर बजारहरुको तुलनामा नेपालको सेयर बजारलाई पनि सानै कदको रुपमा हेरिने र लिइने गरिन्छ । नेपालको त अझ मझौला खालको बजारको रुपमा लिइन्छ ।

यद्यपि आजसम्म नेपालको सेयर बजार अन्तर्राष्ट्रिय सेयर बजारमा सूचीकृत हुन सकेको छैन । सरकारले त्यसतर्फ कुनै पनि प्रकारको पहल समेत गरेको छैन ।

बजार बढेको बेला नेपालको सेयर बजारको पूँजीकरण २३ खर्ब रुपैयाँसम्म पुगेको थियो । अहिले १२÷१३ खर्ब छ ।

बजार सानो भएकाले पनि अन्तर्राष्ट्रिय सेयर बजारमा सूचीकृत नभएको तर्क सरकारी तर्क छ । उद्योगी तथा व्यवसायीले भने नेपालको सेयर बजारको विस्तार गर्ने हो भने भारतको मुम्बई स्टक एक्सचेञ्ज, हङकङ वा सांघाईको सेयर बजारमा सूचीकृत हुनुपर्ने धारणा पनि राख्दै आएका छन् ।

पछिल्लो दिनमा नेपालको सेयर बजार निरन्तर ओरालो लागेको छ । लगानीकर्ता नराम्ररी निराश भएका छन् । अर्थतन्त्र सकारात्मक दिशामा छैन भन्ने कुरा सेयर बजारले चित्रण गरिरहेको छ ।

तर यस आलेखमा संसारमा संसारका केही साना सेयर बजारको बारेमा चर्चा गर्न खोजिएको छ । संसारमा ८ वटा साना सेयर बजारको अवस्था र तिनको कारोबार एवम् सूचीकरणको स्थितीको बारेमा जानकारी दिने प्रयास गरिएको छ ।

साइप्रस

साइप्रसको सेयर बजारलाई सानो सेयर बजारको रुपमा लिइन्छ । सो सेयर बजारको कूल बजार पूँजीकरण २.५४ बिलियन डलर मात्रै रहेको छ । कूल ८४ वटा कम्पनीको मात्रै सेयर सूचीकरण भएको छ ।

मोजाम्बिक

मोजाम्बिकको सेयर बजार पनि सानो सेयर बजारको रुपमा लिइन्छ । उक्त सेयर बजारमा मात्रै १.५ बिलियन बजारको बजार पूँजीकरण हेको छ । कूल ३ वटा मात्रै कम्पनीको सेयर सूचीकरण भएको छ ।

लाओस

यस्तै लाओसको दि लाओ सेक्युरिटीज एक्सचेञ्ज पनि सानो सेयर बजारको रुपमा चित्रित छ । मात्रै १.४ बिलियन बराबरको बजार पूँजीकरण रहेको उक्त सेयर बजारमा मात्रै ५ वटा कम्पनीको सेयर सूचीकरण भएको छ । यसै वर्ष मात्रै साधारण सेयर बिक्रीका लागि भन्दै लाओसमा एसभीएन नामक अर्को कम्पनी स्थापना गरिएको छ ।

सिरिया

यस्तै द्वन्द्वग्रस्त देश सिरियाको सेयर बजारलाई पनि सानो सेयर बजारको रुपमा चित्रण गरिन्छ । कूल ६६० मिलियन डलर बराबरको बजार पूँजीकरण भएको उक्त सेयर बजारमा मात्रै २४ वटा कम्पनीको सेयर सूचीकरण भएको छ ।

रुआण्डा

यस्तै आन्तरिक समस्यामा रहेको रुआण्डाको सेयर बजारलाई रुआण्डा स्टक एक्सचेञ्जको नाम दिइएको छ । कूल ४८० मिलियन बजार पूँजीकरण भएको सो देशको सेयर बजारमा मात्रै ३ वटा कम्पनीको सेयर सूचीकरण भएको छ ।

क्यामरुन

यस्तै क्यामरुनको सेयर बजारलाई पनि सानो सेयर बजारको रुपमा लिइन्छ । सो देशको सेयर बजारको कूल बजार पूँजीकरण ३१७ मिलियन रहेको छ । कूल ३ कम्पनीको मात्रै सो सेयर बजारमा सूचीकृत भएको छ ।

कम्बोडिया

साना सेयर बजारको सूचीमा कम्बोडियाको सेयर बजार पनि रहेको छ । कूल १७६ मिलियन अमेरिकी डलर बराबरको बजार पूँजीकरण भएको सो सेयर बजारमा हाल २ वटा कम्पनीको मात्रै सेयर सूचीकरण भएको छ ।

सेसेल्स

यस्तै सानो सेयर बजारको रुपमा रहेको अर्को देश हो सेसेल्स । सो सेयर बजारको बजार पूँजीकरण ४३ अमेरिकी डलर रहेको छ । सो सेयर बजारमा मात्रै ३ वटा कम्पनीको सेयर सूचीकरण भएको छ ।

यस्तै म्यान्माको यंगुन स्टक उक्सचेञ्ज पनि साना सेयर बजारको रुपमा चित्रित छ । सन् २०१६ मा मात्रै स्थापित भएको सो बजारमा विदेशीले लगानी गर्न पाउने अवस्था छैन । कूल ६ वटा कम्पनीलाई शेयर कारोवारका लागि स्वीकृति दिइएको छ । इन्भेस्ट फ्रन्टियरबाट


पुष्प दुलाल