सांसदको प्रश्नः भ्रष्टाचारलाई सरकारले लखेटेको छ कि भ्रष्टाचारले सरकारलाई ?



काठमाडौ । दुइतिहाइको सरकार हुँदा समेत देशमा भ्रष्टाचार, दण्डहिनता मौलाएको विरोध भइरहेका बेला यी विषयले संसदमा समेत चर्चाको विषय बनेको छ ।

भ्रष्टाचार, बमकाण्ड, सुरक्षाका विषयमा विभिन्न सांसदहरुले चासो व्यक्त गरेका छन् ।

मंगलबार संघीय संसदको बैठकमा बोल्दै सांसद रामबहादुर विष्टले अहिले सरकारले भ्रष्टारलाई लखेटिरहेको हो कि भ्रष्टाचारले सरकारलाई लखेटिरहेको हो ? भन्ने प्रश्न गरे ।

यो विषय अन्यौलको विषय बनेको उन बताएका छन । भ्रष्टारकै सवालमा कुरा राख्दै उनले सरकारले करौडौ खर्च गरेर बिवाइडी इलेक्ट्रिक बस खरिद गरेको तर ती बस काम लाग्दा नभएको समेत टिप्पणी गरेका छ ।

प्रधानमन्त्री ओलीले उदघाटन गरेका ती १७ वटा बस गुणस्तरहिन भएको कुरा समेत उनले संसदमा उठाएका छन् ।

भारतबाट ल्याएका ती बस चीनबाट आयात गरिएको प्रमाणित गर्न सचिवलाई दवाब दिइएको र प्रमाणित गर्न नमानेपछि सचिवको सरुवा गरेको विषयमा समेत चासो व्यक्त गरेका छन ।

लाकेतान्त्रिक गणतन्त्र व्यवस्थामा पनि पञ्चायती शैली, माथिको आदेश, दबाब हुनु दुखद रहेको भन्दै उनले नेपाल सरकारको ध्यानाकर्षण समेत गराएका छन ।


पुष्प दुलाल