१६ कम्पनीको ३ अर्ब ११ करोडको आइपीओ आउँदै, कुन कम्पनीको कति ? (सूचिसहित)



काठमाडौं । धितोपत्र बोर्डका अनुसार १६ वटा कम्पनीले साधारण सेयर जारी गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

१६ वटा कम्पनीको ३ अर्ब ११ करोड १२ लाख ७० हजार ९०० रुपैयाँ बराबरको ३ करोड ११ लाख १२ हजार ७०९ कित्ता सेयर बिक्रीका लागि बोर्डको पाइपलाइनमा रहेका छन् ।

साधारण सेयर जारी गर्न बोर्डमा आवेदिन दिने कम्पनीहरुमा यतिबेला जलविद्युत कम्पनी र माइक्रोफाइनान्सको बोलवाला रहेको छ ।

आवेदन परेको मध्ये ६ वटा लघुवित्त कम्पनी रहेका छन् भने ८ वटा जलविद्युत कम्पनी पाइपलाइनमा रहेका छन् । बोर्डको पाइपलाइनमा रहेका कम्पनीहरुमध्ये सबै भन्दा बढी सेयर भने रसुवागढी हाईड्रोपावरको रहेको छ ।

रसुवागढीले सर्वसाधारणलाई १ करोड २ लाख ६३ हजार १५० कित्ता सेयर वितरणको लागि बोर्डमा आवेदन दिएको छ ।

पहिला आयोजना प्रभावित स्थानीयलाई सेयर दिएर सर्वसाधारणलाई जारी गर्नु पर्नेमा स्थानीयले अहिले सेयरमा आवेदन दिनसक्ने परिस्थति भएको भन्दै पहिला सर्वसाधारणलाई जारी गर्न लागेको छ ।

बोर्डको पाइलालाइनमा रहेका कम्पनीहरुमध्ये कतिपयले सर्वसाधारणलाइ त कतिपयले आयोजना प्रभावित तथा केहीले दुवैलाई सेयर जारी गर्ने छन् ।


पुष्प दुलाल