नबिल बैंकले नियमावली मिचेपछि नेप्सेले २४ घन्टाभित्र स्पष्टिकरण माग्यो



काठमाडौं । सबैभन्दा धेरै नाफा कमाउने नविल बैंकलाई नेपाल स्टक एक्सचेञ्जले कारबाही गरेको छ । नेप्सेलाई दिनूपर्ने सूचना लुकाएको भन्दै नविल बैंकलाई कारबाही गरिएको हो ।

नेप्सेलाई उपलब्ध गराउने पर्ने सूचना समयमै उपलब्ध नगराएको भन्दै नेप्सेले बैंकसँग २४ घण्टाभित्र जवाफ मागेको छ ।

सूचिकरण विनियमावली सम्झौता अनुसार सार्वजनिक महत्वका सूचना कम्तिमा ७ दिनअघि जानकारी गराउनुपर्छ । तर, नविल बैंकले ढिलो मात्रै सूचना दिएको थियो ।

नेप्से सूचिकरण सम्झौताको बुँदा नम्बर १० अनुसार बुक क्लोज सम्बन्धी जानकारी बुक क्लेज हुने दिनभन्दा ७ दिनअघि नै जानकारी गराउनुपर्छ।

बैंकले फागुन २७ गते साधारण सभा गर्नका लागि फागुन १४ गतेदेखि बुक क्लोज गर्ने सूचना बिहीबार निकालेको थियो । 


पुष्प दुलाल