नेपालमा लगानीगर्ने बेलायती मन्त्रीको प्रतिवद्दता



काठमाडौं । बेलायत भ्रमणमा रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले बेलायतलाई नेपालका विभिन्न क्षेत्रमा सञ्चालन हुने विकास परियोजनामा सहयोग गर्न आग्रह गरेका छन् ।

बेलायत भ्रमणमा रहेका मन्त्री डा. खतिवडाले बेलायतको हाउस अफ लर्डसका सदस्य तथा अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री बर्ड वेट्ससँगको भेटमा यस्तो आग्रह गरेका हुन् । वेट्सले नेपालको विकास प्रक्रियामा बेलायतले सदैव सघाउन पु्र्याउन तयार रहेको प्रतिबद्दता जनाएका छन् ।

भेटमा बेलायती मन्त्री वेट्सले नेपालको विकास बारेमा चासो राखेको बताइएको छ । नेपालमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन बेलायत पुगेका मन्त्री खतिवडासँग हाउस अफ कमन्समा भएको भेटघाटमा बेलायती मन्त्री लर्डले २०७२ सालको भूकम्प पछिको पुर्ननिर्माण, संघीयत कार्यान्वयन र विकासको बारेमा चासो राखेका छन् ।

बर्डले खतिवडासँग मुलुक संघीयतामा गएको अवस्थामा राज्यले राजस्वको परिचालनलाई कसरी प्रभावकारी बनाउने भन्ने सम्बन्धमा बेलायतको भनुभव सुनाएका छन् ।

मन्त्री खतिवडाले अहिले पुर्ननिर्माणको काम भइरहेको र ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरुको निर्माण कार्य तिव्र रुपमा अघि बढेको जानकारी गराएको बताइएको छ ।

खतिवडाले बेलायत नेपालको पहिलो कुटनैतिक सम्बन्ध कायम रहेको मित्रराष्ट्र भएकाले दुवै देशबीचको सहकार्य थप उचाईमा पुग्न आवश्यक रहेको पनि बताए । मन्त्री डा. खतिवडाले बेलायती मन्त्री बर्र्डमार्फत नेपाल भ्रमणका लागि बेलायत सरकारलाई औपचारिक निमन्त्रणा समेत दिएका छन् ।


क्लिकमान्डु