अजेय सुमार्गीको मुक्तिश्रीले साढे ८ अर्ब लगानीमा ३८ मेगावाटको हाइड्रोपावर बनाउने



काठमाडौं । पछिल्लो समयामा निरन्तर विवादमा पर्दै आएका व्यापारी अजेयराज सुमार्गीले साढे ८ अर्ब रुपैयाँ लगानीमा ३८ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्ने भएका छन् र

उद्योग विभागमा गत माघ २९ गते दर्ता भएको मुक्ति श्री इनर्जी प्रालिले धादिङको आँखु खोलामा धादिङ आँखुखोला हाइड्रो पावर निर्माण गर्ने भएको छ । मुक्तिश्री इनर्जी सुमार्गीको हो ।

धादिङको रुबीभ्याली, गाँउपालिका र खनियाँबास गाँउपालिकाको सीमाना भएर बग्ने आँखु खोलामा उक्त जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो ।

आयोजनाको कूल लागत ८ अर्ब ५० करोड रहेको उद्योग विभागमा दर्ता भएको विवरणमा उल्लेख छ ।

ऊर्जामा आधारित उद्योग भन्दै सुमार्गीले शत प्रतिशत नेपाली लगानीमा नै सो आयोजना बनाउन लागेको उल्लेख गरेका छन् । ठूला क्षमताको उद्योग भन्दै दर्ता गरिएको सो उद्योगबाट ८५ जनाले रोजगारी पाउने उल्लेख गरिएको छ ।

निरन्तर विवादमा पर्दै आएका सुमार्गीले विभिन्न बैंकमा राखेको भनिएको रकम अदालतको आदेश पछि निकालेका थिए । पछि पुनः अदालतको आदेशपछि उनको पैसा किन निकाल्न दिइएको र पुनः फिर्ता गर्न समेत भनिएको थियो ।

तर हालसम्म सुमार्गीले उक्त रकम फिर्ता गरेका छैनन् ।

सिमेन्ट उद्योग, हेलो नेपाल जस्ता विभिन्न उद्योगमा यसअघि लगानी गर्दै आएका सुमागीृ पछिल्लो समयमा जलविद्युत् आयोजनामा समेत जोडिएका छन् । उनले ऊर्जा क्षेत्रमा लगानी गर्ने भन्दै सुरु गरेको धादिङको आँखु खोलामा यसअघि व्यवसायी ज्ञानेन्द्रलाल प्रधान तथा अन्य व्यवसायीले समेत विद्युत् उत्पादन गर्ने भन्दै अनुमति लिएका छन् ।

पछिल्लो दिनमा आँखु खोलालाई ऊर्जा नदीको रुपमा समेत लिने गरिएको छ ।


पुष्प दुलाल