२२ अंकले बढेको नेप्से परिसूचक एक दिन पनि टिकेन



काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यो दिन नेप्से सूचक १२.७२ अंकले घटेर १११२.२३ विन्दुमा रोकिएको छ ।

१६२ कम्पनीको ६ लाख  ८१ हजार १३८ कित्ता सेयर १६ करोड ६१ लाख ७३ हजार ६२८ रुपैयाँमा किनबेच भएको छ ।

यो दिन १० वटा उपसमूहको सेयर कारोबारमा उत्पादन तथा प्रशोधन समूह ८.६९ अंकले बढेको छ भने बाँकी सबै समूहको सूचक ओरालो लागेका छन् । सबैभन्दा बढी जीवन बिमा समूहको १६७.८३, निर्जीबन बीमा १०५.४५, बैंकिङ ८.७१, बिकास बैंक १३.४२ अंकले घटेको छ ।

कारोबार रकमका आधारमा अपर तामाकोशी हाइड्रोपावरले अघि देखिएको छ । अपरको ९३ लाख ५० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक संस्थापक र नबिल बैंक रहेको छ ।

यो दिनको कारोबारमा कमाउनेमा चौतारी लघुवित्त,श्रीराम शुगर मिल्स, जेबिल्स फाइनान्सका लगानीकर्ता रहेका छन् भने, गुमाउनेमा नेपाल सेवा लघुवित्त, सामुदायीक लघुवित्त, नयाँ नेपाल लघुवित्तका लगानीकर्ता रहेका छन् ।


क्लिकमान्डु