३३ व्यवसायीमाथि राजस्व अनुसन्धान विभागले छानविन थाल्यो, को को परे ? (सूचिसहित)



काठमाडौं । झुठा विवरण तथा नक्कली बिजक जारी गरेर राजश्व छलेको भन्दै बीरगञ्ज आसपासमा व्यवसाय सञ्चालन गरिरहेका ३३ जना व्यवसायी विरुद्ध राजश्व अनुसन्धान विभागले छानविन थालेको छ ।

प्रारम्भिक छानविनमा राजश्व छलेको प्रमाण भेटिएपछि विभागले बारा र पर्साका ३० जना र ३ जना सर्लाही जिल्लाका गरी ३३ व्यवसायीलाई पत्राचार गरेको हो । व्यवसायीलाई कार्यालयमा उपस्थित हुन पत्राचार गरेको थियो ।

पत्राचार गर्दा पनि व्यवसायीहरु सम्पर्कमा नआएपछि विभागले ७ दिनभित्र हाजिर हुन सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

बुधबार सूचना प्रकाशित गर्दै अबको ७ दिनभित्र पनि व्यवसायीहरु विभागमा उपस्थित नभएमा अदालतमा मुद्दा दायर गर्ने विभागले जनाएको छ ।


पुष्प दुलाल